Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – व्यवस्थापिका संसदको बैठक सुचारुका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव अघि सार्नुभएको छ ।

आज बसेको प्रमुख शीर्ष दलसँगको छलफलका क्रममा पौडेलले कांग्रेस र माओवादीसहितका दलहरूले पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न सुझाउनुभएको छ ।

ram chandra

उहाँको प्रस्तावमाथि तीन दलमा छलफल चलिरहेको छ । ‘पहिले अविश्वासको प्रस्ताव फिर्ता लिने त्यसपछि प्रधानमन्त्रीले राजीनामा गर्ने प्रस्ताव राखेको छु,’ पौडेलले भन्नुभयो,‘ प्रधानमन्त्रीले राजीनामा दिएपछि मिलेर जान चाहने दलहरू सरकारमा आउने र अन्य दल बिपक्षमा बस्ने प्रस्ताव राखेको छ ।

संसद बैठकको कार्यसूचीबारे तीन दलका शीर्ष नेता र सभामुख ओनसरी घर्तीबीच भएको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज बोलाइएको संसद बैठक बस्दैनबसी स्थगित भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया