Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – यूरोपमा सन् २०१५ मा सबैभन्दा बढी आतंकवादी आक्रमण गरिएको तथ्यांक सार्वजनिक गरिएको छ । यूरोपियन यूनियनको कानून व्यवस्था लागू गर्ने एजेन्सी यूरोपोलको प्रतिवेदनअनुसार २०१५ मा यूरोपियन देशमा दुई सय ११ अतिवादी आक्रमण गरिएको हो ।

ब्रिटेनमा सबैभन्दा धेरै आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ब्रिटेनमा १०३ पटक आक्रमण गरिएको हो ।
फ्रान्समा भने सुनियोजित ढंगले ७२ पटक आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । यसपछि स्पेनमा २५ आतंकवादी आक्रमण गरिएको छ ।

सन् २००६ पछि यो सबैभन्दा धेरै संख्यामा गरिएको आक्रमण हो । यी आक्रमण इस्लामिक स्टेटसमेतले गराएका थिए ।
अहिलेपनि न्यूक्लियर पावर प्लान्ट तथा परमाणु हतियार केन्द्र अतिवादीको निशानामा रहेका छन् । यसका साथै आक्रमणकारीले पानीका केन्द्रमा दूषित पार्ने लगायतका योजना बनाएको पनि जनाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया