Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गरिएको दाबी गर्नुभएको छ ।

sherdhan rai

रफत सञ्चार क्लबकले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले त्यो सरकार बिघटन गरेको आरोप लगाउनुभयो ।

वर्तमान सरकार माथि अविश्वासको प्रस्ताब काँग्रेस र माओवादीबीच गलत नियतले अध्याँरो कोठामा बसेर गरिएको र यसले सकारात्मक परिणाम नल्याउने भन्दै उहाँले यो नयाँ गठबन्धन नेपाल र नेपालीको हितमा नभएको दाबी गर्नुभयो

संसदमा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएता पनि हाल उहाँको भूमिकालाई नियाल्ने हो भने निश्पक्ष नरहेको उहाँको दाबी छ ।

सभामुखले वर्तमान समयमा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको र यसले संसदको मर्यादामा समेत प्रश्न उठेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया