Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

टर्की – टर्की सरकारले तीन महिनाका लागि राष्ट्रिय आपतकालीन अवस्थाको घोषणा गरेको छ । गएको हप्ता भएको सैनिक कु को प्रयास भएपछि देशको अवस्थालाई मध्यनजर गरेर संविधान अनुसार राष्ट्रिय आतकालीन अवस्था घोषणा गरिएको राष्ट्रपति रिसेप टइप एर्डोगानले बताउनुभएको छ ।

tarki

राष्ट्रपति एर्डोगानले राजधानी अंकारामा सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै तीन महिने आपतकालीन अवस्था घोषणा गर्नु भएको हो । उहाँले कु को प्रयास असफल पार्न नागरिकले पु¥याएको योगदानको प्रशंसा समेत गर्नुभयो ।

राष्ट्रिय आतकालीन अवस्थाको घोषणाले कु को प्रयासमा संलग्नलाई कारबाही गर्न सहयोग मिल्ने राष्ट्रपति एर्डोगानको भनाई छ । आफ्नो देशमा आइपरेको समस्याका बारेमा बाहिर राष्ट्रको हस्तक्षेप हुन नहुने भन्दै उहाँले समस्या सुल्झाउने आफ्नो अधिकार भएको बताउनुभयो ।

कु को प्रयास गरेको आरोपमा टर्कीमा ५० हजार भन्दा धेरै कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा कोही पक्राउ गरेका छन् भने कोही निलम्बित र बर्खास्त भएका छन् । कारबाही अभियान अझै जारी रहेको टर्की सरकारले जनाएको छ ।

– एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया