Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उहाँको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न आग्रह गनुभएको थियो ।

जवाफमा मन्त्री चौधरीले माग पूरा गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता टोली गठन गर्न लागिएको जानकारी दिनुभएको थियो । उहाँले डा केसीले उठाउनुभएका अधिकांश माग सुनुवाइका क्रममा रहेको र अनशन टुङ्ग्याउन पहल भइरहेकाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया