Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

चौतारा – भोटेकोसी नदीमा दुई साताअघिदेखि आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी र बाह्रबिसेमा अहिलेसम्म पक्की, टहरा र कच्ची गरी ९५ घर बगाएको छ ।

सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले दिनुभएको जानकारी अनुसार आज अपराह्न कटानले लिपिङको दुई घर बगाएपछि पक्की, कच्ची र टहरासहित बाढीले बगाएको सङ्ख्या ९५ पुगेको हो ।

प्रहरीका अनुसार असार २१ गते राति अचानक भोटेकोसीमा आएको बाढीको कटानले तातोपानी, १० किलो, कोदारी र लीपिङमा पक्की घर ४७, ढुङ्गा माटोले बनेको ३१, पक्की निजी विद्यालय एक, टहरा ११ समेत ९० र बाह्रबिसेमा पाँच घर बगाइसकेको छ ।

कोसीको बहाब घटबढ भइरहेको र नदीले सडक लाइनको जमिन निरन्तर कटान गरिरहेकाले बाँकी रहेका घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । नदी कटानले बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकको अवस्था क्षतविक्षत भएको हुँदा त्यस क्षेत्रका छ गाविसका बासिन्दा नाकाबन्दीमा परेका छन् ।

बाढीले बिजुलीको खम्बा, ट्रान्सफर्मर र मोबाइलको टावर राखिएको घरसमेत बगाएपछि उक्त क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । ***

तपाईको प्रतिक्रिया