Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – – वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले शोषित, उत्पीडित र विभेद लगायतका मुद्दा सम्बोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताउनुभएको हो ।

वर्तमान राजनीतिक निकास र भावी रणनीतिबारे गठबन्धनले आज बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा उहाँले भन्नुभयो, “हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जानु भनेको आत्महत्या गर्नु हो ।”

संयोजक यादवले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने बताउदै अहिलेको अन्तर्क्रिया त्यसैको तयारी भएको बताउनुभयो । यो अन्तर्क्रियाआन्दोलनकै तयारी हो, हामीले आन्दोलनको मैदान छाडेर तल झरेका छैनौं भन्दै आन्दोलन कमजोर भयो भन्ने भ्रम नराख्न उहाँले आग्रह गर्नु भयो ।

अन्तर्क्रियामा सहभागी बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिले गठबन्धनको आन्दोलनले उचाइ लिएका सन्दर्भमा सत्ताको प्रलोभनमा परी मुद्दा छाडेर सरकारमा नजान र गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान सुझाउनु भयो । राजनीतिक विश्लेषकद्वय कृष्ण हाछेथु, तुलानारायण साह, पूर्वराजदूत विजयकान्त कर्ण, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, अधिवक्ता सुरेन्द्र महतो र साहित्यकार धीरेन्द्र प्रेमर्सिले मुद्दा सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका खण्डमा मात्र सरकारमा जान उपयुक्त हुने धारणा राख्नु भएको थियो ।

तराई मधेस–लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन र मधेसी मोर्चाबीच कुनै मतभेद नरहेको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया