Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – भूकम्प पीडितहरुका लागि सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि रोजगारीका लागि मकाउ पुगेका नेपालीहरूले सहयोग गरेका छन् ।resize_image

हाँस्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेद्धारा सञ्चालित धुर्मुस सुन्तली फाउन्डेसनलाई रोजगारीका लागि मकाउ पुगेका नेपालीहरूले ४ लाख १९ हजार ४ सय ३९ सहयोग गरेका हुन् । स्यास्न चाइना कम्पनी मकाउमा कार्यरत कृष्ण मिश्र, रेसम रानाभाट, रमेश श्रेष्ठ, मनिरत्न राई लगायतका कम्पनीमा कार्यरत नेपालीहरूको पहलमा उक्त रकम सहयोग गरिएको फाउन्डेसन सहयोग अभियन्ता कृष्ण मिश्रले जानकारी दिनुभयो ।

एकीकृत बस्ती निर्माण अभियानमा मकाउमा रहेका नेपालीहरूको साथ र सहयोग गरेकोमा फाण्डेसन कि सञ्चालन सुन्तलीले धन्यवाद व्यक्त गर्नुभएको छ । झन्डै ५ करोडको लागतमा निर्माण हुन लागतमा सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागी बस्ती निर्माण थालिएको हो ।

तपाईको प्रतिक्रिया