Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नयाँ राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न काँग्रेसले केन्द्रीय समितिको बैठक बस्दैछ ।

बैठकमा नयाँ सरकार निर्माण तथा संविधान कार्यान्वयनमा काँग्रेसको भूमिकाबारे छलफल हुने बताइएको छ । सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको सहकार्य र आगामी कदमका विषयमा प्रस्ट पार्न बैठक बोलाउनुभएको हो । नेकपा माओवादी केन्द्रसँग भएको सहमति अनुसार अविश्वासको प्रस्ताव पारित गराउने र सरकार निर्माण गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा अविश्वासको प्रस्ताव, नयाँ बन्ने सरकारमा पार्टीको आकार, पार्टीका पदाधिकारी चयन लगायतबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा भ्रातृ संस्थाको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने छ ।

तपाईको प्रतिक्रिया