Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।

यद्यपि, गठबन्धनले तत्काल सरकारमा जाने वा नजानेबारे कुनै निर्णय गर्न सकेन । गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा काँग्रेस–माओवादी गठबन्धनले लिखित सहमतिको प्रतिबद्धता जनाएको खण्डमा गठबन्धन सरकारमा सहभागी हुने मोर्चाले सङ्केत भने दिएको छ ।

करिब दुई महिने राजधानी केन्द्रित आन्दोलन सकेको गठबन्धनले दोस्रो चरणमा साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानी काठमाडौँसहित देशका विभिन्न १० स्थानमा बुद्धिजीवी तथा राजनीतिक दलका नेतालगायतसँग बृहत् अन्तक्र्रिया गरिने गठबन्धनको एक घटक सद्भावना पार्टीका महासचिव मनिस सुमनले राससलाई जानकारी दिनुभयो ।

गठबन्धनको घोषित कार्यक्रमअनुसार काठमाडौँमा साउन ५, धनगढीमा १७, घोराहीमा २२, बुटवलमा २५, हेटौँडामा ३२, चन्द्रनिगाहपुरमा भदौ ४, बर्दिवासमा ११, इटहरीमा १७, बिर्तामोडमा २२ र विराटनगरमा २८ गते अन्तक्र्रियात्मक कार्यक्रम हुनेछन् ।

तपाईको प्रतिक्रिया