Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

;Nnf3f/L r'gb]jL 8fF8fsf] blIf0faf6 lnPsf]] eQmk'/sf] kfFrtn] dlGb/ jl/kl/sf] b[Zo . tl:a/ M /Tg >]i7, /f;; .

भक्तपुर – भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।
भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई हिजो र आज दुईदिन तालिम दिएर भोलिदेखि घरघरमा खटाइने भएको छ । जिल्ला लगत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्रचार्यले लगत सर्वेक्षणमा सहभागी हुने कर्मचारीलाई तालिम दिएर मङ्गलबारदेखि सर्वेक्षणमा खटाइने जानकारी दिनुभयो ।

पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने मङ्गलबारदेखि सुरु हुने भएको हो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१ जना, सामाजिक परिचालक १२१ जना र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिने भएको छ ।

आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्प पछि गरिएको लगत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने भएको छ । बज्रचार्यले भन्नुभयो “भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेकाको घरघरमा गएर पुनःसर्वेक्षण गरेर लगत सङ्कलन गरिन्छ ।” भूकम्पपीडितको नामावली छुटेकाले भक्तपुरका छवटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवदेन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निर्देशनका आधारमा छुटेका भूकम्पपीडितको घर सर्वेक्षण गरिने भएको हो ।

प्राधिकरणले यसअघि ११ वटा जिल्लामा सबै घरमा गएर पुनःसर्वेक्षण गरे पनि यसपटक भने भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको मात्रै पुनःलगत सङ्कलन गरिने भएको हो । भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरको आधारमा सर्वेक्षण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया