Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

खोटाङ – जन्माएको एक दिनपछि शिशुको हत्या गरेको आरोपमा खोटाङमा एक महिला पक्राउ परेकी छन् । शिशु हत्या गरेको आरोपमा शुक्रबार दिक्तेल नगरपालिका-७ बस्ने ३६ वर्षकी केसीमाया सार्की पक्राउ परेकी हुन् ।

बुधबार बेलुका घरमै सकुशल जन्मिएको शिशुलाई बिहीबार बेलुका हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । श्रीमान् विदेशमा रहेको अवस्थामा परपुरुषसँगको यौन सम्बन्धबाट जन्मिएकोले शिशुको हत्या गरेको स्थानीय बासिन्दाको दाबी छ ।

घरैबाट पक्राउ परेकी सार्कीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । उनको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेको पारिवारिक स्रोतले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ ।

तपाईको प्रतिक्रिया