Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

बाँके – सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियारको टोलीले बाँकेको खजुराबाट एकजना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।

बाँकेको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा रहेको राष्ट्रिय कोसेवाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत वीरेन्द्र कुमार यादवलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

ghus

क्षेत्रीय कृषी अनुसन्धान केन्द्रको खेतमा गाडीएका दुई वटा बोरीङ्ग र विद्युत लाइन विस्तारको बिल पास गराएबापत यादवले ठेकेदारबाट तीन लाख रुपैयाँ घुस मागेको अख्तियारको दावी छ । पछि दुईलाख ५० हजारमा कुरा मिलेको र शुक्रबार बोरीङ्ग गाडेको ठाउँमै घुस लिँदा लिँदै पक्राउ गर्न सफल भएको अख्तियारले जनाएको छ ।

पैसा लिएर भाग्दै गरेका यादवलाई अख्तियारको टोलीले खेतबाटै पक्राउ गरेको दावी गरेको छ । तर यादबले भने अख्यिारको टोलीले आफूलाई हातपात गर्दै जबरजस्ति पैसा हातमा थमाएर पक्राउ गरेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका डिएसपी चित्र बहादुर गुरुङ्ग नेतृत्वको टोलीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादबलाई थप अनुसन्धानका लागि अख्तियारको सम्पर्क कार्यालय कोहलपुरमा लगिएको छ ।  जनकपुर घर भएका ओभरसियर यादव दुई वर्षअघि स्थापना भएको राष्ट्रिय कोसेवाली अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृतका रुपमा काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया