Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल पुरा नभएसम्म आर्थिक विधेयक पारित गर्न नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको शुक्रवार बसेको कार्यालयको बैठकले गत बुधवार संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको बारेमा विस्तृत छलफलपछि मात्रै अर्थसम्बन्धी विधेयकहरुलाई पारित गर्न दिने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

बैठकले सहमतिका आधारमा नयाँ सरकार गठन गर्नका लागि सबै राजनीतिक दलहरूसँग छलफल गर्ने र त्यसको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया