काठमाडौँ – न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधवार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
अमेरिकी जियोलोजिकल सर्भे (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु न्युजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो । १० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा समाचार भने आइनसकेको अधिकारीहरुले बताएका छन् ।
भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको बारे समाचार तयार पार्दासम्म कुनै सूचना प्राप्त भइसकेको छैन ।
भूकम्पपछि सुनामी आउन सक्ने सम्भावनाबारे केही बताइएको छैन । एजेन्सी