Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले ४८८ किलो प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक युवकलाई आज सार्वजनिक गरेको छ ।

पर्सा वन्यजन्तु आरक्षको जङ्गलबाट २५१ किलो चरेश र २३७ किलो गाँजासहित पक्राउ परेका मकवानपुर सल्लाघारी–४ का २५ वर्षीय अमर प्रजालाई प्रहरीले सार्वजनिक गरेको हो । आरक्षभित्र रहेको नेपाली सेनाको चरभैया पोस्टले सोमबार राति उक्त परिमाणको लागुऔषधसहित प्रजालाई नियन्त्रणमा लिएको थियो ।

बीस-पच्चीस जनाको सङ्ख्यामा रहेको तस्करको समूहले सो परिमाणको लागुऔषध मकवानपुरबाट भरियामार्फत पर्साको शङ्करसरैया र सोनवर्षा ल्याइरहेको अवस्थामा सेनाको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

सेनाको टोलीलाई देख्नेबित्तिकै अन्य तस्कर र भरिया गाँजा र चरेश फ्याँकेर फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट पाँच थान मोबाइल र नौ थान टर्च लाइट पनि बरामद भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया