Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव आगामी फागुन १४ गते गर्ने तयारी भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको त्रिवि सभामा आगामी फागुन १४ गते स्ववियुको चुनाव गर्ने बारे छलफल भएको थियो ।

सभामा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विभिन्न विद्यार्थी संगठन नेताहरुका उपस्थित हो । उमेर हद म्यादका बारेमा विभिन्न विद्यार्थी संगठनका बिच कुरा नमिल्दा यसअघि तोकिएको चुनाव पनि हुन सकेको थिएन् ।

हरेक दुई वर्षमा स्ववियु चुनाव हुनु पर्ने प्रावधान भएपनि २०६५ सालदेखि चुनाव हुन सकेको छैन । उमेर हदम्याद, चुनाव प्रणालीलगायतका समस्या समाधान गर्न त्रिविका रेक्टर डाक्टर सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिले अबको एक महिना भित्र उमेर हदबन्दी, मिश्रित वा समानुपातिक चुनाव प्रणलीलगायतका समस्याहरु समाधान गर्ने र फागुन १४ गते चुनाव हुने नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताउनुभयो ।

तर यसमा अन्य विद्यार्थी संगठनले सहमति जनाउन बाँकी छ । एक पटकको चुनावलाई उमेर हदबन्दी नलगाउनु पर्ने नेविसंघको माग रहेको प्रवक्ता युपी लामिछानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया