Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – मुटु सम्बन्धी गम्भीर प्रकृतिको रोगबाट पीडित विद्यार्थी भीमाकुमारी श्रेष्ठको उपचारार्थ नेपाली साझा समाज जापानद्वारा ६६ हजार जापानी येन सहयोग उपलब्ध भएको छ ।
बिध्यार्थी भिषामा केही समय अगाडी जापान आउनु भएकी श्रेष्ठ मुटु रोगबाट पीडित भइ सो रोगको उपचारमा धेरै पैसाको आवश्यक हुने तथा पैसाको अभावमा उपचार रोकिएको समाचार प्रकाशन भएपछि समाजले सो रकम सहयोग गरेको हो । समाचार बाहिर आए लगतै समाजका अध्यक्ष बुद्धि शेरचनको सकृयतामा समाजका सदस्यहरु सँग सल्लाह गरि तत्काल समाजको कोषबाट जापानी येन ३० हजार र बाँकी रकम कार्यसमिति र सल्लाहकार समिति सदस्यहरूबाट ३६ हजार जापानीज येन संकलन गरी उपचार सकभर छिटो होस भन्ने हेतुले पीडित श्रेष्ठको बैंक खातामा रकम पठाइएको बताइएको छ । सहयोग रकम प्राप्त भए लगतै श्रेष्ठले समाज प्रति आभार प्रकट गर्दै सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद समेत दिनुभएको समाजद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।
साथै, सहयोग दाताहरूको नामावली समाजको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिने भन्दै पीडित श्रेष्ठको शिघ्र स्वास्थ लाभको कामना समेत गरेको छ। समुद्रपारि अनलाइनमा भीमाकुमारी श्रेष्ठको विस्तृत विवरण संलग्न गरि समाचार प्रकाशन गरिएको थियो । सोही समाचारको आधारमा उनलाई सहयोग आउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया