टोकियो – नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाल विद्यार्थी समाज जापान (नेसाजले) मुटु रोगी भिमाकुमारी श्रेष्ठको उपचारका लागि ५० हजार प्रारम्भिक कोषको घोषणा गरेको छ । समुद्रपारि डटकमबाट उहाँ बिरामी भएको समाचार प्रकाशित भएपछि नेसाजले यस खालको कोष खडा गरेको हो ।
अध्ययनको सिलसिलामा २०१४ मा जापान आउनुभएकी श्रेष्ठको मुटुको भल्बमा गम्भीर समस्या देखा परेपछि नेरिमास्थित हिकारिगाओका हस्पिटलमा उपचार भईरहेको छ । श्रेष्ठको आर्थिक अवस्था पनि सबल नभएकाले मुटुको भल्ब परिवर्तनका लागि १ सय ५० मान येन आवश्यक पर्ने भएकाले जापानमा बस्दै आउनुभएका नेपालीहरुमा सहयोगका अनुरोध समेत गरिएको थियो ।
नेसाजको बचत कोषबाट २० हजार येनसाथै कार्यसमितिका सदस्यबाट व्यक्तिगत सहयोग गरि ५० हजार येनको सहयोग कोष स्थापना गरिएको हो । १९९७ मा स्थापना भएको विद्यार्थी संगठन नेसाजले नेपाली विद्यार्थीका अध्ययन तथा अन्य समस्यालाई सहयोग पुग्ने खालका गतिविधीहरु गर्दै आएको छ । ***