टोकियो-जापानको मिए केनमा हुन गइरहेको एशियन रेसिङ च्याम्पियनशिप २०१६ मा नेपाली युवा विक्रम थापाले पनि भाग लिने भएका छन् ।
धेरै किसिमका खेलहरू मध्ये एक साहसिक र जोखिमपूर्ण खेल मोटरसाइकल रेसिङमा यही जुनको ३, ४ र ५ मा हुने खेलमा उनले सहभागिता जनाउने भएका हुन् । खेलमा सहभागी हुनको लागि उनी सहयोगी (क्रु मेम्बर) नितेश श्रेष्ठका साथ जापान अाइपुगेका छन् ।
महंगो र ज्यानको समेत जोखिम रहेको खेलमा निरन्तर अभ्यास गरेर एशिया प्रशान्त क्षेत्रमा हुने प्रतियोगितामा नेपालकोतर्फबाट सहभागी हुन पाउँदा अाफू निकै खुशी भएको विक्रमले समुद्रपारिलाई बताउनुभयो ।
१७ वटा देशका खेलाडिहरूको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाली खेलाडी थापालाई हाैसला दिन उहाँका बाबु कपिलदेव थापाले अनुरोध गर्नुभएको छ । बाबु कपिलदेव थापा एनअारएन अाइसीसीका सदस्य तथा जापानका एक सफल व्यवसायी हुनुहुन्छ ।
प्रतियोगिता ५ तारिक भए पनि ३ तारिख खेलाडीहरूलाई रूट परिचय गराउने र ४ तारिख प्रतियोगिताको नम्बरिङको लागि खेल हुने कुरा अायोजकले जानकारी गराएको छ । ***