Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – गत बैशाखमा अर्घाखाँचीका विभिन्न स्थानमा भएको आगलागीबाट जनधन गुमाएका पीडितहरुको सहयोगका लागि जापानमा रहेका अर्घाखाँचीबासीहरु आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन् ।

अर्घाखाँची समाज जापानले हालै आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गर्दै समाजका अध्यक्ष ज्योतिष घर्तिमगरको अध्यक्षता एक भेला गरी अग्निपीडितहरुको घाउमा मलम लगाउने उद्देश्यले आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो । समाजले आगलागीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख ब्यक्त गर्दै जिल्लाको दैवीप्रकोप उद्वार समितिसंग समन्वय गरी आर्थिक सहयोग प्रदान गर्ने जनाएको छ । Arghakhachi Samaj

टोकियोको इकेबुकुरोस्थित नेपाली रेष्टुरेन्ट महलमा सम्पन्न सभामा समाजका अध्यक्ष घर्तिमगर, उपाध्यक्षद्वय नेत्र बिष्ट र आयनबहादुर टण्डनले संस्थाको बार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नेत्र पन्थीले आर्थिक प्रतिवेदन र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम बाबुराम पौडेलले सञ्चालन गरेका थिए ।

सोही अवसरमा अध्यक्ष घर्तिमगरले अर्घाखाँचीको धारापानी-२ स्थित लक्ष्मी प्राविको भवन तथा भौतिक पूर्वाधार निर्माणार्थ व्यक्तिगत रुपमा रु. १४ लाख २८ हजार सहयोग गरेको समेत जानाकारी गएका थिए । उक्त कार्यको प्रशंसा गर्दै घर्तिमगरलाई समाजको तर्फबाट उपाध्यद्वय बिष्ट र टण्डनले खादा ओढाएर समान्न गरेका थिए ।

सभामा बोल्दै घर्तिमगरले विदेशमा सिकेको सिप र लगानी स्वदेशमा सदुपयोग गर्न सके मात्र देशले प्रगतिको गति लिन सक्ने धारणा राखेका थिए । १८ बर्षअघि अध्ययनका लागि जापान प्रवेश गरेका समाजसेवी घर्तिमगर हाल रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । ***

तपाईको प्रतिक्रिया