Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो- अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार जापानको हिरोसिमा भ्रमण गरेका छन् । सन् १९४५ को अगस्त ६ मा अमेरिकी बमले ध्वस्त पारेको हिरोसिमा भ्रमण गर्ने अमेरिकी राष्ट्रपति अोवामा पहिलो राष्ट्रपति हुन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमाथि गरेको क्रुर हमलाको निशानी अोवामाले आफ्नै आँखाले अवलोकन गरेका छन् । दोस्रो विश्वयुद्धमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिले सोही स्थानमा ७१ वर्षपछि गरेको भ्रमणलाई यतिखेर संसारले निकै चासोका रूपमा लिएको छ । हिरोसिमा हमलामा १ लाख ४० हजार भन्दा बढीको ज्यान भएको थियो । ओबामाले हिरोसिमा भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा विवाद भएको थियो । विवादकै बीच पनि अोवामाले हिरोसिमा भ्रमण सम्पन्न गरेका छन् ।

दोस्रो विश्वयुद्धमा हिरोसिमामा बम अाक्रमण भएको तीन दिनपछि अमेरिकाले जापानकै अर्को शहर नागासाकीमा पनि बम खरालेको थियो ।  नागासाकीमा पनि दशैं हजार नागरिक मारिएका थिए ।
अोवामाको हिरोसिमा भ्रमणपछि नागासाकी भ्रमण नगरेकोमा नागासाकी बासीहरू दुखित बनेको समाचारहरू पनि बाहिर अाएको छ । हिरोसिमाको हेइवा पार्कमा अोवामाले एक घण्टा समय विताएका थिए ।***

तपाईको प्रतिक्रिया