टोकियो – नेपाल जापान विद्यार्थी समाजले यही आउँदो २९ तारिख आइतवार विविध कार्यक्रमसहित प्रथम वार्षिकोत्सव मनाउन गईरहेको छ ।
वार्षिकोत्सवको अवसरमा गोजी पात्रो वितरण, विद्यार्थी डायरी बिमोचन गरिनुकासाथै विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम रहेको वाषिर्कोत्सव समारोहका संयोजक तथा महासचिव चेतन पौडेलले बताए । विशेष साँस्कृतिक महोत्सवसहित हुने वार्षिकोत्सव समारोह बिहान ११ बजेदेखि हुने बताईएको छ ।
टोकियो शिनओकुबो स्थित टोकियो रोधी क्लबमा हुन गईरहेको वार्षिकोत्सव समारोहको पहिलो चरणमा औपचारिक कार्यक्रम र दोस्रो चरणमा स्थानिय कलाकारहरु युवराज आचार्य, रामकृष्णबम मल्ल, सूर्य खड्का, विनोद भण्डारी, समुन्द्रराज पौडेल, हास्यकलाकार कुमार श्रेष्ठ ‘फर्सीलाल’, दीपेश श्रेष्ठ, प्रदीप कार्की, केशव शर्मा, पूर्णसिंह तामाङ, नृत्याङ्गनाहरु संगिता क्षेत्री, सनम शाही, प्रियङ्का चोखाल र दिव्या नेपालको साँगीतिक प्रस्तुती रहने सो समाजका अध्यक्ष सन्तोष चोखालले जानकारी दिए ।
उक्त कार्यक्रममा उपस्थित भई शोभा बढाई दिन जापानबासी नेपाली समुदायमा सो समाजले अपिल गरेको छ । कार्यक्रम निःशुल्क हुने पनि जनाईएको छ । ***