Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- प्रधान मन्त्री बाबुराम भट्टराई नयाँ नेपालको लागि नयाँ ‘फर्मुला’ घोषणा गरेका छन् । उनले ‘प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल’ सुत्रको घोषणा गरेका हुन् । राजधानीमा आजदेखि सुरु दुई दिने हाइड्रो समिटको उद्‍घाटन गर्दै उनले यस्तो फर्मुला सार्वजनिक गरेका हुन् ।
जलविद्युत नै नेपालको विकासको मूल आधार भएको र त्यसमा लगानीका लागि छुट्टै बित्तीय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने बताए ।
सरकारले गत साउनमा मात्रै जलविद्युतमात्र लगानी गर्ने गरी जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरिसकेको छ ।
नेपाली बैंकहरु जलविद्युतमा लगानी गर्न पूर्ण सक्षम नरहेको र दीर्घकालीन लगानी आवश्‍यक भएकाले यो कम्पनीलाई स्रोत साधनले सम्पन्न बनाउने उनले बताए ।
नेपालमा उत्पादित विजुली भारतमामात्र नभई बंगलादेशमासमेत निर्यात गर्न सकिने र त्यसका लागि बंगलादेशले चासो देखाएकोसमेत बताए ।
लगानीकर्तालाई आकर्षित गर्नका लागि विद्युत खरिद सम्झौतामा भाउ बढाइएको जानकारी दिए । उनले  स्थानीयलाई स्वामित्व दिनेगरी आयोजना अगाडि बढाउन प्रवर्द्धकलाई आग्रह गरे ।
आयोजना विकास सम्झौता हुन बाँकी रहेका प्रवर्द्धकहरुसँग दुई महिनाभित्र सम्झौता हुनेतयारी भइरहेकोसमेत उनले जानकारी दिए ।
देशको राजनीतिक अवस्था जटिल भएपनि यस क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण बनाउन सरकार सक्रिय रहेको बताए ।
दुई दिने सम्मेलनमा नेपाल र भारतका उर्जा प्रवर्द्धक, सरकारी पदाधीकारीको सहभागिता छ । भारतीय योजना आयोगका सचिव सुधा पिल्लाईले पञ्चेश्‍वर सप्तकोशीलगायतका प्रोजेक्ट दुबै देशले अगाडि बढाउनुपर्ने बताइन् ।
उर्जा मन्त्री पोष्टबहादुर बोगटीले यो क्षेत्रमा रहेका समस्या समाधान गर्दै जाने बताए । जलासययुक्त आयोजनाहरुमा सरकारको प्राथमिकता रहेकोसमेत उनले बताए ।
तपाईको प्रतिक्रिया