काठमाडौं – जापानका ब्यवसायी नरबहादुर थापाले राजधानी काठमाडौंको जोरपाटी स्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा रहेका ७० जना असहाय बालबालिकाहरुलाई भोजन खुवाएर आफ्नो जन्मदिन मनाएका छन् ।
सो केन्द्रमा गई ब्यवसायी थापाले असहाय बालबालिकाहरुलाई भोजनको ब्यवस्था गरी गत आइतवार आफ्नो जन्मदिन मनाएका हुन् ।
उसो त थापाले गत वर्ष पनि सोही केन्द्रमा गई असहाय बालबालिकाहरुलाई भोजन खुवाएर आफ्नो जन्मदिन मनाएका थिए ।
बिभिन्न संघसंस्थाहरुको सहयोगमा सो पुनर्स्थापना केन्द्र सञ्चालित छ ।जापानमा रेष्टुरेन्ट, रेमिट्यान्स लगायतका ब्यवसायमा संलग्न थापा गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष तथा एनआरएन जापानका सल्लाहकार पनि हुन् । ***