Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – कास्की जिल्ला, ढिकुर पोखरी गाउँ विकास समिति वडा नं ६ काँडे घर भएका बिगत ७ बर्ष देखि जापानमा बस्दै आएका ४१ बर्षीय स्वर्गीय बुद्धि बहादुर गुरुङको अन्तिम दाहसंस्कार चिबा केनमा गरिएको छ ।

 

j 1
स्वर्गीय गुरुङ केहि हप्ता पहिला चिबा केनमा मृत अवस्थामा जापान प्रहरीले फेला पारिएको थियो भने गुरुङले आफैले आत्महत्या गरेको हो भन्ने रिर्पोट तमु धीं जापानलाई डाक्टरले जानकारी दिएको थियो । के कति कारणले आत्महत्या गरेको हो भन्ने कुरा थाहा हुन आएको छैन । स्वर्गीय गुरुङका १ धर्मपत्नी, १७ बर्षीय १ छोरा र ९ बर्षीय १ छोरी हुनुहुन्छ भने धर्मपत्नी केहि महिना पहिला मात्र जापान आउनुभएको थियो ।

j 2
अन्तिम श्रद्धाञ्जली सभामा एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, सेर्पा संघ जापानका अध्यक्ष गेलु शेर्पा, तामांङ समाज जापानका अध्यक्ष कर्म तामांङ, पोखरा दिदीबहिनी समाज जापानका अध्यक्ष प्रेमीला गौचन, कास्की पोखरा समाज जापानका अध्यक्ष जेपी पण्डित साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

j3
अन्तिम श्रदान्जली सभामा स्वर्गीय गुरुङको आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारणा गरिएको थियो भने तमु धीं जापानका पूर्व अध्यक्ष भिम गुरुङले घटनाको बिषयमा जापान प्रहरीसँग गरिएको ३ हप्ता लामो विवरण श्रदान्जली सभामा उपस्थित जनसमुदायलाई सुनाउनुभएको थियो ।

j4

जनजाति महासंघ जापान, सेर्पा संघ जापान, तामांङ संघ जापान, पोखरेली दिदीबहिनी संघ जापान, कास्की पोखरा समाज जापान र उपस्थित जनसमुदायबाट २ लाख ३३ हजार येन (२,३३०० येन) संकलन गरिएको थियो भने तमु धीं जापानले ८० हजार (८०,००० येन) येन थप गरि जम्मा ३ लाख १३ हजार येन तमु धीं जापानका कोषध्यक्ष प्रकाश गुरुङ र धींका अध्यक्ष श्री गुरुङले स्वर्गीय गुरुङका धर्मपत्नीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

j 6

तपाईको प्रतिक्रिया