Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् केशवदास श्रेष्ठले सोमबार रातिदेखि शुरु भएको वर्षा बुधबार अपराह्नसम्म जारी रहने भएकाले आन्तरिक उडानमा समस्या आउन सक्ने जानकारी दिएका छन्।
मौसममा आएको प्रतिकूलताका कारण मंगलबार तीन दर्जनभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालका अनुसार बिहानैदेखि मौसममा आएको प्रतिकूलताका कारण हिमाली दृश्यावलोकनका उडान र पहाडी क्षेत्रका उडान अवरुद्ध भएका हुन्।
उनका अनुसार फाप्लु, तुम्लिङ्टार, सोलु, खोटाङ, सिमरा र नेपालगन्ज विमानस्थलमा उडान हुन सकेन।
मौसमी प्रतिकूलताका कारण नेपाल वायु सेवा निगमको २ बुद्ध एयरको १५ उडान, अग्नीको ८, ताराको ९ र यतिको १ उडान अवरुद्ध भएको छ।
तपाईको प्रतिक्रिया