Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

syanjaa2नागोया–जापानको नागोयामा स्याङजालीहरुको क्षेत्रीय कमिटी स्याङजा समाज नागोया गठन गरीएको छ । आफ्नो गाउँठाउँमा परेका समस्यालाई सबै मिलेर समाधान गरौ र आपसी मेलमिलापका साथै भाइचाराको वृध्दी होस भन्ने उद्धेश्यले उक्त कमिटी कठन गरिएको हो ।

सभापती चिरन्जिबी सिग्देल र समाजका अध्यक्ष जिवन न्यौपानेको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा हिराबहादुर गुरुङ्गको अध्यक्षतामा २४ जना सदस्यसहितको कमिटी गठन गरिएको छ ।

जसमा अध्यक्ष हिरा बहादुर गुरूङ्ग, उपाध्यक्ष भिमादेवी भन्डारी, जिवन गुरूङ्ग महासचिव निशान राना मगर, सचिव शाईमन विश्वकर्मा, कोषाध्यक्ष सन्तोषी गुरूङ्ग, सहकोषाध्यक्ष शिवबहादुर थापा हुनुहुन्छ ।

यस्तै सदस्यहरूमा दिपक भुजेल, विक्रम थापा मगर (क) विक्रम थापा मगर (ख), सन्तोष गुरुंग, हुम बहादुर राना मगर, शदिष राना मगर, ममता गुरूङ्ग, शोनी मगर, रेखा राना, पिङ्की राना, शोभा राना मगर, विक्रम थापा, विजय गुरूङ्ग ,गंगा थापा मगर, सगुन श्रेष्ठ चयन हुनुभएको छ ।

साथै सल्लाहकारहरु चिरन्जीवी सिग्देल, विकास् राना मगर, श्याम राना मगर रहेका छन । आउदै गरेको तिज पर्वको अवसरमा फुकुओका र नागोयामा समेत सांस्कृतिक कार्यक्रम गरी आफ्नो गाउंठाउंमा परेका समस्यालाई विदेशबाटै सहयोग गर्ने सहभागिहरुले बताएका थिए ।

कार्यक्रममा श्याम रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने पिताम्बर चापागाइ, मुक्ती सुबेदी, जीवन न्यौपाने, चिरन्जिवी सिग्देल लगायतले पनि आ–आफनो मन्तव्य राख्नुभएको थियो ।syanja

टोकियोबाट अध्यक्ष जीवन न्यौपानेको नेतृत्वमा नबिन थापा, मुक्ती सुबेदी, सुरेश रेग्मी, योगेन थापा, अर्जुन हमाल, पिताम्बर चापागाइ, सूर्य कार्की लगायतको टोली नागोया हानुभएको थियो । करिव ३० जनाको उपस्थितिमा गरिएको सो कार्यक्रमको सन्चालन निशान रानाले गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया