टोकियो-ओसाका शिक्षा समितिको सर्भरमा साइबर आक्रमण गरी सो समिति अन्तरगतका ४ सय ४४ स्कुलको वेबसाइट एकै पटक बन्द गराएको आरोपमा प्रहरीले एक १६ बर्षिय बिद्यार्थीलाई पक्राउ गरेको छ । उनले डेनिएल अफ़ सर्भिस (DoS) मार्फ़त आक्रमण गरेको बताईएको छ । उक्त बिद्यार्थीले आफ़्नो शिक्षकसंगको असतुष्ट भएको कारण सो आक्रमण गरेको स्विकार गरेका छन । शिक्षकले आफ़ुहरु प्रति बोल्ने तरिका मन नपरेको र आफ़्नो बिचारहरु शिक्षकले सुन्ने पनि नगरेकोले शिक्षक असक्षम भएको उनले बताएका छन । शिक्षकको असक्षमता महसुस गराउन र उनीहरु समस्यामा परेको हेर्नको लागि आफ़ुले सो आक्रमण गरेको उनले प्रहरीको अनुसन्धानको क्रममा बताएका छन । प्रहरीले उनको कम्प्युटर तथा ह्याकिंग सम्बन्धी किताबहरु कब्जा गरेको छ । प्रहरीको अनुसन्धानको क्रममा उनले आफ़ु ह्याकिंग समुहमा आवद्ध हुन चाहेको पनि बताएका छन ।
जापानमा यस किसिमको घटना पहिलो पटक भएको बताईएको छ । जसमा १६ बर्ष मुनीका बिद्यार्थीले स्थानिय शैक्षिक निकायमा साइबर आक्रमन गरिएको छ । यस किसिमको अभियुक्तलाई बढिमा ३ बर्षको जेल र ५ लाख येन जरिबाना सजायंको ब्यवस्था रहेको छ । तर उनी नाबालक भएको कारण उनलाई दिईने सजायं केहि कम हुनसक्ने समाचारमा जनाईएको छ ।