Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- रातो मासु खानेको आयु अपेक्षा गरेभन्दा छोटो हुने एक अध्ययनले देखाएको छ । हावर्ड मेडिकल स्कुलले १ लाख २० हजारमा गरेको अध्ययनमा रातो मासु खानेमा क्यान्सर र मुटु रोगको समस्या रहेको देखिएको बीबीसीले जनाएको छ ।
रातो मासुभन्दा माछा वा कुखुराको मासु कम जोखिमपूर्ण हुने अध्ययनले सुझाएको छ । ब्रिटिस हर्ट फाउन्डेसनले भने सन्तुलितरुपमा रातो मासु सेवन गर्दा हानिकारक नहुने दाबी गरेको छ । अध्ययनकर्ताहरुले ३७ हजार ६ सय ९८ पुरुषलाई सन् १९८६ देखि सन् २००८ सम्म तथा ८३ हजार ४ सय ४४ महिलाको सन् १९८० देखि सन् २००८ सम्मको तथ्यांक विश्लेषण गरेका थिए ।
दैनिक भोजमा रातो मासु समावेश गर्ने मानिसमा मुटुरोगबाट ज्यान गुमाउने खतरा १८ प्रतिशतले तथा क्यान्सरबाट ज्यान गुमाउने खतरा १० प्रतिशतले बढ्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया