Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौ – संसारभर छरिएर रहेका नेपालीको भावना समेट्ने उद्देश्यका साथ स्थापना भएको नेपाली मनको गत बिहीबार काठमाडौमा एक कार्यक्रम गरी शुभारभ्भ भएको छ । नेपाली मनको शुभारभ्भ गर्दै उर्जा राज्यमन्त्री सूर्यमान दोङले शान्ति र संविधानका लागि संसारभरिका सबै नेपालीलाई एक गराउन सक्नुपर्ने बताए । नेपाल र जापानमा रहेका संचारकर्मि र सामाजिककर्मिहरुको सामुहिक प्रयासमा नेपाली मनको स्थापना भएको हो ।

संसारभरिका नेपालीलाई भावनात्मक रुपले एक गराउन सक्नुपर्ने भन्दै नेपाली मनलाई राज्यमन्त्री दोङले शुभकामना दिएका थिए । सोही अवरसमा नेपाल जापान कृषि प्रवर्द्धन कार्यक्रमको समेत उद्घाटन गरिएको थियो । नेपाल र जापानबीच कृषि क्षेत्रका अनुभव र प्रविधीहरु आदान प्रदान गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना भएको थियो । जापानमा कृषि सम्बन्धी काम गरिरहेका १५ जना कृषि विज्ञको सहभागिता रहेको उक्त कार्यक्रमले नेपाल र जापानबीच कृषि क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विश्वास लिइएको छ । सो अवसरमा जापानबाट ल्याएका फापरको पीठोबाट बनेको परिकार बनाएर उपस्थितहरुलाई खुवाइएको थियो ।

कार्यक्रममा सभासदहरु जयराम दाहाल, निरज पुन, एकीकृत माओवादीका पोलिटव्युरो सदस्य लीलावहादुर थापा, काठमाण्डौ महानगरपालिका पूर्वमेयर केशव स्थापित लगायतको उपस्थिती रहेको थियो । नेपाली मनका अध्यक्ष निमा लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली मनको सफलताका लागि सभासदहरुले शुभकामना ब्यक्त गरेका थिए ।

संस्थाको विधिवत् शुभारम्भका दिन नेपालको बाग्लुङ जिल्ला र जापानको एक शहरबीच भगिनी सम्बन्ध विस्तारबारे वृहत छलफल हुनुका साथै नेपाल–जापान कृषि प्रवर्द्धनको विषयमा समेत छलफल भयो ।

नेपाली मनको तर्फबाट आउँदो बैशाखदेखि नेपालका विभिन्न गाउँमा किसान उपयोगी अन्नबाली तथा नगदे बालीका बिउ बिरुवा वितरण तथा खेती गर्ने प्रविधिबारे जानकारी दिने कार्यक्रम छ । सस्थाका सस्थापक सदस्य हरिप्रसाद पोखरेलका अनुसार नेपाली मनले नेपाल र नेपालीका विभिन्न विषयहरुमा अनुसन्धानमूलक लेख, रचना, पत्रपत्रिका, पम्प्लेट, अनलाईन पत्रिका, पोष्टर आदि विद्युतीय तथा छापा माध्यमबाट प्रकाशित तथा प्रसारित गर्ने जनाएको छ ।

सस्थाको आधिकारिक वेवसाइड http://nepaliman.org/ रहेको छ ।

तपाईको प्रतिक्रिया