Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– सरकार बनेलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग असन्तुष्ट माओवादी उपाध्यक्ष मोहन वैद्यले सरकार ढाल्ने योजना सुनाएका छन् ।
माओवादी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकारसँग वैद्यले आवश्यक परे सरकारविरुद्ध सडक संघर्ष गर्ने योजना सुनाए । सात बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्री भट्टराईले तत्काल राजीनामा दिनु पर्ने आवश्यकता औल्याउदै उपाध्यक्ष बैद्यले आवश्यक परे सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिए ।
उनले सरकार देश र जनताको पक्षमा नभएको भन्दै माओवादी नेतृत्वको सरकार हो कि होइन भन्ने आशंका समेत ब्यक्त गरे ।
उनले भने, ‘कांग्रेस र एमाले भने अनुसारको काम सरकारले गरेको छ । माओवादीको सरकार हो कि होईन गंभिर आशंका छ ।’
उनले पार्टी अध्यक्षले पार्टीका निर्णयहरु कार्यान्वयन नगरे आफूहरुले कार्यान्वयन गर्ने स्पष्ट पार्दै राष्ट्रिय स्वाधिनता खतरामा परेकोले स्वाधिनताको रक्षाकोलागी गम्भीर भएर काम गर्ने बताए । उनले भने– ‘असमान सन्धी सम्झौताको खारेजी, जलस्रोतमा भारतीय प्रभुत्व अन्त्य गर्ने र सीमा अतिक्रमणका विषयमा जनतालाई सचेत पार्न प्रचार प्रसार गर्छौ ।’
संक्रमणकालिन अवस्थाको ब्यवस्थापनको अस्थायी विधी अवलम्बन गरेकोले एउटा पार्टी दुई वटा जस्तो देखिएको भन्दै यस्तो अवस्थामा लामो समयसम्म रहन नसक्ने स्पष्ट पारे ।
वैद्याले दर्जाकै कारण अब शान्ति प्रक्रिया नरोकिने बताए । शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको भन्दै यस्तो बेलामा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ भन्नेमा आफूहरुलाई विश्वास नभएको वैद्यल स्पष्ट पारे ।
उनले शान्ति प्रक्रियामा आफूहरुको फरक स्पष्ट असहमति रहेको उल्लेख गर्दै समायोजनको नाममा जनमुक्ती सेनाको अपमान र निशस्त्रीकरण गर्ने काम भएको आरोप लगाए । उनले भने– ‘शान्ति प्रक्रिया सकिदैछ तर पनि राम्रो परिणाम आउँला जस्तो लाग्दैन ।’
आफूहरु अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई स्थायी शान्ति कायम

गर्ने गरी अगाडि बढाउने प्रयासमा मिलाएर अगाडि बढा
उने पर्ने भन्दै बैद्यले जनताले धोका पाउने अवस्था भएकोले फेरी जनताले हतियार उठाउन नपर्ने गरी शान्ति प्रक्रिया निष्ककर्षमा पुर्याउनु पर्ने पक्षमा आफूहरु रहेको बताए ।
शान्ति प्रक्रियालाई केवल समायोजनको रुपमा मात्रै बुझिएको भन्दै बैद्यले संविधान निर्माण, बेपत्ता खोजी सहितका आयोग गठनमा भने बेवास्ता गरेको गुनासो गरे ।
संविधान निर्माण र शान्ति प्रक्रिया सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिदै उनले भने– ‘अझै समय बाँकी छ, शान्ति र संविधान निर्माणको प्रकृयालाई गंभिरतापूर्वक अगाडि बढाऔ त्यसकोलागी दलहरुवीच छलफल चलाऔ । हामीलाई जनताको चाहना अनुसारको संविधान बन्छ कि बन्दैन भन्नेमा गम्भीर आशंका छ ।’
तपाईको प्रतिक्रिया