Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

सिन्धुली – सिन्धुलीका दुई छुट्टाछुटै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको भद्रकाली–४ मा हाते ट्याक्टर र कमलामाई नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिन्धुलीको भद्रकाली गाविस–४ कुसुमटारमा हाते ट्याक्टरबाट खेत जोत्ने क्रममा हाते ट्याक्टर चालक कमलामाई नगरपालिका–४ ऐँसेलुजगांर निवासी– २३ वर्षका कृष्णकुमार सार्कीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिनुभयो ।
कुसुमटारमा जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको हाते ट्याक्टरले पदमबहादुर कामीको खेत जोत्ने क्रममा ट्याक्टर एक्कासि माथी उठेको र ट्याक्टरलाई तल झार्न गोडाले थिच्न खोज्दा ट्याक्टरभित्र पस्न गई चालक सार्कीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको प्रहरीको भनाइ छ ।

यस्तै सिन्धुलीको भिमानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको ट्याक्टर कमलामाई नगरपालिका–१० माईस्थानमा दुर्घटना हुँदा रानीचुरी–१ निवासी १८ वर्षका विजय पाख्रिनको ज्यान गएको छ । सिन्धुलीमाढीतर्फ ढुगां लिएर आउँदै गरेको ना ४ त ९१३८ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल हँुदा सडकबाट २५ फिट तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया