जापान – पर्वत समाज जापान र बलेवा सेवा समाजको संयुक्त आयोजनामा आगामी अगस्ट १४ तारिखमा टोकियोमा भव्य समर बारबेक्यू हुने भएको छ ।
स्थानको बारेमा केही दिनपछि जानकारी गराईने पर्बत समाज जापानका महासचिब जनक सुवेदीले बताउनुभयो ।
आईतबार जापानको टोकियोमा बसेको पर्वत समाजको नियमित बैठकले आगामी अगस्ट १४ तारिखका दिन बलेवा सेवा समाज सँग मिलेर संयुक्त समर बारबेक्यू गर्न निर्णय गरेको समाजले समुद्रपारी डट कमलाई जनाएको छ ।
स्थापनाकाल देखि नै प्रत्येक बर्ष भब्यरुपले बारबेक्यू कार्यक्रम गर्दै आएको पर्बत समाज जापानले यस बर्ष आफ्नो छिमेकी गाउँ बलेवा सेवा समाज जापान सँग मिलेर कार्यक्रम गर्ने तय भएको छ । बिगतका बर्षहरुमा भन्दा फरक र पृथक तरिकाले बारबेक्यू आयोजना गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम बिहान १० बजे देखी साँझ ५ बजे सम्म आयोजना हुनेछ । कार्यक्रम सफल पार्नको निम्ती पर्वत समाज जापान र बलेवा सेवा समाज जापानको संयुक्तटोली लागि परेको जानकारी दिदै बारबेक्यूमा सहभागी भई सहयोग गरिदिनु हुन जापानबासी सम्पूर्ण नेपाली तथा नेपाल र नेपालीहरूलाई माया गर्ने बिदेशीहरुलाई अपिल समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया