काठमाडौँ – यहि जेठ ६ गतेदेखी ८ गतेसम्म हुने प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने महाधिबेशन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन र आवास तथा अन्य तयारीको काम पूरा भएको सचिव गणेश पाण्डेले जानकारी दिनुभएको छ ।
नयाँ नेतृत्व चयनसमेत हुने भएकाले चौतारीमा आबद्ध पत्रकारबीच अहिले चुनावी सरगर्मी पनि सुरु भएको छ । अध्यक्षमा पूर्वमहासचिव गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने भए पनि सहमतिको प्रयास भने जारी रहेको छ ।
तपाईको प्रतिक्रिया