Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
सोलुखुम्बु- अर्थ राज्य मन्त्री हरिराज खेवाले सरकारका बाहालवाला मन्त्रीलाई जेल पठाउन पाउँदा सरकारलाई गर्व लागेको बताएका छन् । रिपोर्टर्स क्लब सोलुखुम्बुले सल्लेरीमा आयोजना कार्यक्रममा खेवाले आफ्नो सरकारले मन्त्रीलाई जेल पठाएको दावी गरे ।
प्रतिपक्षीहरुले आफ्नो पार्टी नेतृत्वको सरकारलाई भ्रष्टहरुको विल्ला लगाएर केही फरक नपर्ने भन्दै उनले भने, ‘हाम्रै सरकारले भ्रष्ट मन्त्री जेपी गुप्तालाई जेल पठाएर भ्रष्टाचारको अन्त्य गर्ने काम सुरुवात गरेका हौँ, गठबन्धन विग्रनेमा विस्मतभन्दा पनि गर्व छ ।’
सर्वोच्चले सर्वस्व सहित जन्मकैदको सजाय सुनाइएका बालकृष्ण ढुङ्गेललाई पक्रिने जिम्मा गृह मन्त्रालयको भएको भन्दै माओबादी नेता समेत रहेका खेवाले भने, ‘गृहले नै पक्रन चासो नदिएको हो, ढुङ्गेललाई पक्रिन हामीहरुले कुने संरक्षण दिएका छैनौँ पक्रदा हुन्छ ।’
बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति र संविधानमा उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै राज्य मन्त्री खेवाले बैद्य समुहले जति कराए पनि सरकार नढल्ने ठोकुवा गरे । जेठ १४ मै संविधान जारी गर्ने आधार खडा भैसकेको भन्दै उनले यही सरकारले सबै काम पूरा गर्ने धारणा ब्यक्त गरे ।
एक फरक प्रसंगमा सोलुखुम्बु जिल्लाले पर्यटन रोयल्टी बापत पाउनुपर्ने करिब २३ करोड रकम यो बर्ष कुनै हालतमा दिन नसकिने स्पष्ट पारेका छन् । उनले जिल्लाका राजनीतिक दलकै निष्क्रियताका कारणले विगतका दिनमा रोयल्टी रकम नआएको भन्दै आफूहरुले अर्थ मन्त्रालय सम्हालेपछि रोक्का नगरेको बताए ।
हिजो मात्रै २० औँ जिल्ला परिषद् चलिरहँदा जिल्लाका सबै राजनीतिक दल र सभासदहरुले रोयल्टी रकम निकाशा नगरेको भन्दै सरकार विरुद्ध खेद प्रस्ताब पारित गरेका थिए ।
तपाईको प्रतिक्रिया