काठमाडौं – माइतीघर मण्डलामा संघीय गठबन्धनका कार्यकर्ताहरुले कुटेर दुई विद्यार्थीसहित ३ जना घाइते बनाएका छन्।
गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै अर्खाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेलसहित अन्य एक जनालाई कुटेर घाइते बनाएको प्रहरीर्ले जानकारी दिएको छ ।
आँखामा गम्भीर चोट लागेका पौडेलको अन्नपूर्ण न्यूरो अस्पतालको उपचार भइरहेको छ । यस्तै अन्य दुई जनाको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले सामान्य बल प्रयोग गरी उनीहरूलाई उद्धार गरि अस्पताल लगिएको छ ।
गठबन्धनका कार्यकर्ताहरुले झण्डामा प्रयोग भएको लठ्ठी, हेलमेट, मुक्का र लात्ती प्रहार गरेको घाइतेहरूले बताएका छन् । तर, प्रदर्शनकारीहरुले भने उनीहरु दुबै प्रहरी भएको दाबी गरेका छन् । प्रदर्शनकारीतिर बसेर प्रहरीमाथि ढुंगा हान्ने र शान्तिपूर्ण आन्दोलनलाई तनावपूर्ण बनाउने काममा उनीहरु संलग्न रहेको गठवन्धनका नेताहरुको आरोप रहेको छ ।
तपाईको प्रतिक्रिया