Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुका विचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको जिकिर गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले राजधानीमा आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेष: चिन्तन’ प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको रवैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा काँग्रेस लाग्ने बताउनुभयो ।

उहाँले बिजुलीको अभावमा जीवन गुजार्न बाध्य जनतालाई दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिदिने भ्रम फैलाएर सरकारले झुटो आश्वासन बाँडेको आरोप सभापति देउवाको थियो । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बौद्धिक समुदायले कुनै पनि विषयको वैज्ञानिक विश्लेषणका आधारमा समर्थन वा विरोध गर्नुपर्ने बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको परिवर्तन बाहेक केही ठोस काम हुन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया