Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – संघीय गठवन्धनले सुरु गरेको सिंहदरबार घेराउ कार्यक्रम आजपनि जारी राखेको छ । धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ ।
आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । निशेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा आन्दोलनकारीतर्फ तीन जनालाई चोट लागेको बताइएको छ । घाइते भएकोमा अमर धिमाल, सोनाम राई र सन्तोष घाइते भएको बताइएको छ । संघीय समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले भने प्रहरीले लाठीचार्ज गर्दा आफ्ना दर्जनौं नेता कार्यकर्ता घाइते भएको दाबी गर्नुभयो ।
यादवका अनुसार युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बु, संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदुर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादव पनि घाइते हुनुभएको छ ।
गठवन्धनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै विरोध गरेको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण केहिबेर माइतीघर क्षेत्र तनावग्रस्त भएको थियो । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको बताइएको छ । माइतीघर क्षेत्रमा पाचँ सयको संख्यामा आन्दोलनकारी उपस्थित छन् । सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएका छन् ।

तपाईको प्रतिक्रिया