Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो-जापानमा बिदेशी बिद्यार्थीहरुको संख्यामा बृद्धि भईरहेको समाचारहरु आइरहंदा त्यस सम्बन्धी पछिल्लो तथ्यांक हालै सार्बजनिक गरिएको छ । जापान सरकार अन्तरगतको संस्था जापान बिद्यार्थी सहयोग संगठन (जास्सो) ले सन २०१५ को बिदेशी बिद्यार्थीहरुको संख्यामा आधारित सो तथ्यांक सार्बजनिक गरेको हो । सार्बजनिक गरिएको तथ्यांक अनुसार जापानमा अध्ययनरत बिदेशी बिद्यार्थीहरुको संख्या २ लाख ८ हजार ३७९ जना रही, पहिलो पटक २ लाख नाघेको छ । जापान सरकारले सन २०२० को टोकियो ओलम्पिक सम्ममा बिदेशी बिद्यार्थीहरुको संख्या ३ लाख पुर्याउने लक्ष्य राखेको भएपनि उक्त लक्ष्य पुग्न गाह्रो देखिएको पनि सो संगठनले अनुमान लगाएको छ । सन २०१५ शैक्षिक सत्रमा जापानमा अध्ययनरत बिद्यार्थीहरुको संख्या अघिल्लो बर्षको तुलनामा १३.२ प्रतिशतले बृद्धि भएको छ । जापानमा अध्ययनरत बिदेशी बिद्यार्थीहरु मध्ये सेन्मोन गाक्को तथा स्नातक भन्दा माथीका तहमा १ लाख ५२ हजार ६२ जना छन भने जापानी भाषा स्कुलमा अध्ययनरत बिद्यार्थीहरु ५६ हजार ३१७ जना रहेको तथ्यांकमा उल्लेख छ ।

बिदेशी बिद्यार्थीहरु मध्ये सबैभन्दा बढि चिनिया-४५.२ प्रतिशत रहेको छ । त्यसैगरी, भियतनामी-१८.७ प्रतिशत, नेपाली-७.८ प्रतिशत, कोरियन-७.३ प्रतिशत, ताइवानी-३.५ प्रतिशत, ईण्डोनेशियन र थाई-१.७ प्रतिशत, म्यानमार-१.३ प्रतिशत आदि छन । बिदेशी बिध्यार्थीहरुमा एशियालीको संख्या अत्याधिक (९२.७ प्रतिशत) रहेको छ । अघिल्लो बर्षको तुलनामा चिनिया र कोरियन बिद्यार्थीहरु केहि घटेका छन भने नेपाली-५५.५ प्रतिशत, भियतनामी-४७.१ प्रतिशत, म्यानमार-४२.४ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ । आगामी बर्षहरुमा पनि एशियाली बिकासोन्मुख राष्ट्रहरुबाट जापान आउने बिद्यार्थीहरुको संख्यामा बृद्धि हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया