Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – गत वर्ष बैशाख १२ गते नेपालमा गएको महाभूकम्पका कारण उत्पन्न विपत्तिमा जापान सरकार र जापानी जनताले पुर्‍याएको सहयोग अतुलनीय रहेको भन्दै नेपालीहरुले सामुहिकरुपमा धन्यबाद ज्ञापन गर्ने भएका छन् ।

महाभूकम्प गएको ठिक एक वर्ष पुगेको अवसर पारी गत अप्रिल २५ मै उक्त कार्यक्रमको आयोजना गरिएकोमा जापानको कुमामोतोमा गएको बिनाशकारी भूकम्पका कारण स्थगित हुन गएको सो कार्यक्रम २९ तारिख आइतवारका दिन हुने भएको हो ।

जापानमा क्रियाशिल संघसंस्थाहरुको सहकार्यमा जापानस्थित नेपाली राजदूताबास, नेपाल पर्यटन बोर्ड र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रममा आफुलाई पायक पर्ने ठाउँमा गई सहभागी भईदिन जापानबासी नेपालीहरुमा अपिल गरिएको छ ।

गत वर्ष भूकम्प पीडितका लागि सहयोग संकलन गरिएको जापानका मुख्य मुख्य सहरका सम्भावित ठाउँहरुमा नेपालीहरु भेलाभै जापानले नेपाललाई गरेको सहयोगको स्मरण गराउँदै धन्यवाद ज्ञापन गर्ने र जापानीहरुलाई नेपाल भ्रमणको निम्तो दिने उक्त कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।  कार्यक्रम उक्त दिनको अपरान्ह ३ बजेदेखि ४ बजे सम्म हुने बताईएको छ । ***

तपाईको प्रतिक्रिया