टोकियो – गत अप्रिल १४ र १६ तारिखमा गएको महा-भूकम्पबाट क्षतिग्रस्त कुमामोतो क्षेत्रको पुननिर्माणमा सहयोग गर्ने उदेश्यले ७० करोड येन बराबरको पुरस्कार राशि भएको चिठ्ठा अर्थात ताकाराकुजी सार्बजनिक गरिएको छ । कुमामोतो भूकम्प पिडित सहयोग ड्रिम जम्बो ताकाराकुजी नाम दिईएको सो चिठ्ठा यहि मे ११ तारिख बुधबारदेखि जापानभरि बिक्रि सुरु गरिएको सान्केइ सिन्बुनले जनाएको छ । कुमामोतोको संकेत क्यारेक्टरको रुपमा रहेको कुमामोनको तस्बिर सहित छापिएको जम्बो ताकाराकुजी चिठ्ठाको बिक्रिबाट आएको नाफ़ा रकम कुमामोतोको पुननिर्माणमा लगाईने बताईएको छ । यस भन्दा अघि पनि कोबे, निगाता र हिगासी निहोन महा-भूकम्पको समयमा पनि यस किसिमको चिठ्ठाको आयोजना गरिएको समाचारमा उल्लेख छ ।
सो चिठ्ठाको प्रथम पुरस्कार ५० करोड येन, दोश्रो पुरस्कार १० करोड येन र तेश्रो पुरस्कार १ करोड येन राखिएको छ भने ड्रिम जम्बो ताकाराकुजीको पुरस्कार भने ७ करोड येन बराबरको राखिएको छ । यि चिठ्ठाहरु जुन ३ तारिखसम्म एउटाको ३०० येनमा बिक्रि गरिने छ भने जुन ९ तारिखका दिन टोकियोको चियोदा-कु स्थित टोकियो ताकाराजुकागेकिज्योमा खोलिने समाचारम उल्लेख छ । कुमामोतोको पुननिर्माणमा सहयोग गर्न चाहनेहरुले यो चिठ्ठा खरिद गरेर पनि सहयोग गर्नुहुन आयोजकले आह्वान गरेको छ ।