Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Madan 5टोकियो – लोक तथा दोहोरी गायक मदन थापालाई उनको गृहजिल्लाबासीहरुको संस्था नुवाकोट समाज जापानले हालै टोकियोमा सम्मान गरेको छ ।
गत आइतवार आयोजित एक समारोहका बिच गायक थापालाई सो समाजले सम्मान गरेको हो ।

गायक थापा यतिखेर एक सांगीतिक कार्यक्रमका लागि जापानमा छन् । घुम्टे नौमती बाजा समूह जापानद्वारा आयोजित एक साँगीतिक कार्यक्रमका लागि उनी जापान आएका हुन् ।

नुवाकोट बालकुमारी निवासी गायक थापाले लोक दोहोरी, आधुनिक गीत, सालैजो, कौडा, चुड्का, पप तथा र्‍याप गरी अहिलेसम्म करिव दर्जनभन्दा बढी गीत बजारमा ल्याएका छन् ।

बि. सं. २०६२ सालदेखि साँगीतिक क्षेत्रमा क्रियाशील थापाको चुलो बलाउन, देबी देउता भाके सानू, नैना रेशम, सालैजो, मायालु पोखरा, लोक पप गीत हामी संगै बसम लगायतका करिव दर्जन जति एल्बम बजारमा छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नुवाकोट जिल्लाका सचिव समेत रहेका गायक थापालाई गीत संगीत मार्फत देश बिदेशमा नुवाकोट जिल्लालाई चिनाउन पुर्‍याएको योगदानको कदर गर्दै नुवाकोट समाज जापानले सम्मान गरेको हो । इकेबुकुरोस्थित एलिनाज रेष्टुरेन्टमा भएको सो कार्यक्रममा गायक थापालाई समाजको तर्फबाट अध्यक्ष माधव सेढांइले खादार्पण गरी सम्मान गरेका हुन् ।

गायक थापालाई यस अघि घुम्टे नौमती बाजा समूह जापान, गल्कोट समाज जापान, टोकियो रोधी क्लव जापान लगायतका संघसंस्थाहरुले स्वागत तथा सम्मान गरिसकेका छन् । ***

 

तपाईको प्रतिक्रिया