टोकियो – नेपाल जापान विद्यार्थी समाजको प्रथम वार्षिकोत्सव यहि मे २९ तारिख टोकियोमा हुने भएको छ ।
’विद्यार्थीका लागि विद्यार्थी’ भन्ने मुल नाराका साथ एक वर्ष अगाडि स्थापित विद्यार्थी समाजको प्रथम वार्षिकोत्सव बिशेष साँगीतिक कार्यक्रमसहित हुने बताईएको छ ।
बिशेष साँस्कृतिक महोत्सवकारुपमा मनाउन लागिएको प्रथम वार्षिकोत्सव समारोहमा ’विद्यार्थी डायरी ‘ नामक पुस्तक र नयाँ वर्षको गोजी पात्रो विमोचन गरिने भएको छ । अधिवेशनका अवसरमा जापानमा रहेका स्थानीय कलाकारहरुको बेजोडको
साँगीतिक प्रस्तुति रहनुका साथै नाटक समेत प्रदर्शन गरिने समाजका अध्यक्ष सन्तोष चोखालले बताए । समाजको वार्षिकोत्सव समारोह शिनओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा हुने बताईएको छ ।***