Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – बिश्वका बिभिन्न राष्ट्रहरुबाट अध्ययनका लागि बिदेशिने बिध्यार्थीहरुको संख्यामा बृद्धि भईरहेकै परिप्रेक्षमा त्यसको लागि १३० राष्ट्रलाई सुचिकरण गरिएको एक तथ्यांक अन्तरराष्ट्रिय तथ्यांक सम्बन्धी साइट ग्लोबल नोटले सार्बजनिक गरेको छ । सो सुचिकरणमा अध्ययनको लागि सबैभन्दा लोकप्रिय राष्ट्रको रुपमा अमेरिका परेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमश बेलायत र अष्ट्रेलिया परेका छन । बैदेशिक अध्ययनको लागि जापान चाहिं समग्रमा सातौं र एशियाली मुलुकहरुमा पहिलो स्थानमा परेको छ । बिश्वका १३० राष्ट्रहरुमा ४० लाख २५ हजार ६४६ जना बिदेशी बिध्यार्थीहरु अध्ययनरत रहेको सो तथ्यांकमा उल्लेख छ । जसको करिब ३ प्रतिशत मात्र जापानमा रहेको पाईएको छ । सर्बाधिक लोकप्रिय रहेको अमेरिकाको तुलनामा २० प्रतिशत मात्र जापानले बिदेशी बिध्यार्थीहरु लिईरहेको तथ्यांकले देखाएको छ । सो तथ्यांक ग्लोबल नोटले सन २०१४ मा बिश्वका १३० राष्ट्रमा अध्ययनरत बिदेशी बिध्यार्थीहरुको संख्याको आधारमा तयार पारेको जनाएको छ । बिदेशमा अध्ययनरत बिध्यार्थीको संख्या २० बर्ष अगाडिको तुलनामा दोब्बर रहेको पनि ग्लोबल नोटले जनाएको छ ।

एशियाली मुलुकहरुमा भने जापान बिदेशी बिध्यार्थीहरुको लागि सर्बाधिक लोकप्रिय राष्ट्र रहेको छ । जापानमा सबैभन्दा बढि चिनिया बिध्यार्थीहरु आउने गरेका छन भने त्यसपछि क्रमश कोरियन, भियतनामी, नेपाली, अमेरिकी, फ़्रान्सेली, जर्मनी बिध्यार्थीहरु संख्यात्मक आधारमा बढि रहेका छन । एशियाली मुलुक मध्ये चीन दोश्रो लोकप्रिय राष्ट्रमा परेको छ । चीन समग्र सुचिकरणमा पनि नवौं स्थानमा पर्न सफ़ल भएको छ । बिश्वको उत्कृष्ट बिश्वबिध्यालयहरुको सुचीमा एशियामा टोकियो बिश्व बिध्यालय सर्बाधिक उत्कृष्ट भएपनि उत्कृष्ट १०० भित्र पर्ने संख्यामा जापान भन्दा चिनिया बिश्वबिध्यालयहरु बढि रहेका छन । बिदेशी बिध्यार्थीको लागि एशियामा तेश्रो लोकप्रियमा भने कोरिया परेको तथ्यांकमा उल्लेख छ ।

सन २०१४ को तथ्यांक अनुसार अमेरिकामा अध्ययनरत बिदेशी बिध्यार्थीहरुको संख्या ७ लाख ८४ हजार ४२७ जना रहेको छ । त्यसैगरी, बेलायतमा ४ लाख १६ हजार ६९३ जना र अष्ट्रेलियामा २ लाख ४९ हजार ८६८ जना बिदेशी बिध्यार्थीहरु अध्ययनरत छन । एशियाको सर्बाधिक लोकप्रिय राष्ट्र जापानमा भने १ लाख ३५ हजार ८०३ जना बिदेशी बिध्यार्थीहरु अध्ययनरत रहेको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया