Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो- वामी युवाक्लव जापान र वामीटक्सार युवाक्लव वामीले गुल्मीको वडागाउँका अग्नी पीडित परिवारका लागि रु १ लाख रुपैया सहयोग उपलव्ध गराएको छ । वामी युवाक्लव जापानका संयोजक दिनेश सापकोटा (दिपु) को पहलमा जापानमा वस्ने वामीका युवाहरुको विशेष सक्रियतामा पहिलो चरणमा ६८ हजार ६ सय रुपैया संकलन गरिएको थियो ।

उक्त संकलित रकममा वामीटक्सार युवा कल्वले ३२ हजार रुपैंया थप संकलन गरी रु १ लाख रुपैंयाँ दजाकोट र माझगाउँका अग्नी पीडितहरुलाई हस्तान्तरण गरिएको हो । वामीटक्सार युवा क्लवका निरन वज्राचार्यको नेतृत्वमा गएको युवाहरुको टोलीले अग्नी पीडत क्षेत्रमा पुगेर एक कार्यक्रमका वीच उक्त रकम हस्तान्तरण गरेको थियो । वामी युवाक्लव जापानले पीडीतहरुका लागि दोश्रो चरणमा पुनः थप राहत संकलन गर्न समेत शुरु गरेको क्लवका संयोजक सापकोटाले जानकारी दिनु भयो ।***

तपाईको प्रतिक्रिया