टोकियो-मगर संघ जापानले यही मे २९ तारिख अाईतवारका दिन वारवेक्यू (बनभाेज) कार्यक्रम गर्ने भएको छ ।
संघका सक्रिय सदस्य दिपन थापा मगर र महेन्द्र थापामगरकाे संयाेजकत्वमा हुन गईरहेको वारवेक्यू (बनभाेज) कार्यक्रममा सम्पूर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरूलाई उपस्थित भइदिन संघका अध्यक्ष दिपक बुर्जा मगरले अनुरोध गर्नु भएको छ ।
खानागावा केनकाे कावासाकी सिनामारूको स्टेशन नजिकै हुन गईरहेको कार्यक्रम विहान १० बजेदेखि ४ बजेसम्म रहेको छ भने वारवेक्यू (बनभाेज) मा सहभागी हुन पुरूषहरूको लागि ३ हजार येन र महिलाको लागि २५ सय येन ताेकिएको अायोजकले बताएको छ ।***