Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – पछिल्लो बर्षहरुमा जापान आउने नेपालीहरुको संख्यामा तिब्र बृद्धि भएको समाचारहरु नेपाली तथा जापानी संचार माध्यामहरुमा आईरहेका छन । तथ्यांक नै हेर्ने हो भने पनि सन २००५ मा जापानमा नेपालीहरुको संख्या ५,३१४ जना रहेकोमा सन २०१५ को मसान्तमा आइपुग्दा उक्त संख्या ५४,७७५ जना पुगेको र १० बर्षको अवधीमा उक्त संख्या पनि करिब १० गुणाले बृद्धि भएको छ । जापानमा रहेका बिदेशीहरुको संख्याको आधारमा नेपाल छैठौं स्थानमा परेको छ ।

जापानमा रहेका नेपालीहरुको करिब ३ भागको १ भाग टोकियोमा रहेका छन । त्यस पछि अत्याधिक नेपालीहरु रहेको प्रान्तहरुमा फ़ुकुओका, आइची, चिबा लगायत पर्दछन । जापानका ४७ प्रान्तहरु मध्ये सबैभन्दा कम नेपालीहरुको बसोबास रहेको प्रान्त तोत्तोरी केन रहेको छ ।

Nepalese Pop-Prefecturewise

तपाईको प्रतिक्रिया