Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

13टोकियो – गुल्मी जिल्लाको बडागाउँ गाबिसबासीहरुको संस्था बडागाँउ सेवा समाज जापानले उक्त गाबिसका केही वडामा हालै लागेको भिषण आगलागीबाट पीडितहरुका लागि आर्थिक सहयोग गर्न जापानमा रहेको नेपाली समुदायमा अपिल गरेको छ । सो समाजका कार्यबाहक अध्यक्ष भोजेन्द्र कार्कीले आगलागीबाट मुश्किलले ज्यान बचाएका अग्नीपीडितहरुको राहतका लागि सहयोग संकलन अभियान सुरु गरिएको जानकारी गराउँदै मानवीय उद्वार अभियानमा सहग गर्न जापानबासी नेपाली समुदायमा अपिल गर्नुभएको हो ।

यहि बैशाख १८ गतेका दिन गुल्मी जिल्लाको बडागाउँ गाबिस अन्तर्गत वडा नं. १, २ र ३ मा पर्ने जंगलमा लागेको डढेलो गाउँमा पसी गाउँ नै सखाप हुने गरी ठूलो क्षती हुन गई त्यस गाउँका बासिन्दा खुल्ला आकाश मुनि बस्न बाध्य भएको भन्दै उनीहरुको शिघ्र राहतका लागि जापानमा सहयोग संकलन अभियान सुरु गरिएको सो समाजले जनाएको छ ।
सो समाजका अनुसार भिषण आगलागीबाट १ जनाको ज्यान गएको छ भने ३ जना सख्त घाइते भएका छन् र १ सय ३१ वटा घरगोठ खरानीमा परिणत भएका छन् । आगलागीबाट अचअचल गरी करिव ६ करोड रुपैंया बराबरको क्षती भएको जनाईएको छ ।

मानवीय नाताले बिपदमा परेका अग्नीपीडितहरुको तत्काल राहतका लागि संस्थागत तथा ब्यक्तिगतरुपमा सक्दो सहयोग गर्न समाजले जापानबासी नेपालीहरुमा अपिल गरेको हो ।

सहयोग गर्न ईच्छुकहरुले सो समाजका कोषाध्यक्ष थापा निराजनको हुलाक खाता नं. १०११०-३८४५१३०१ मा रकम दाखिला गरी कावा अध्यक्ष कार्कीको फोन नं ०९०-६४७२-८२३८ मा जानकारी गराउन पनि सो समाजले अनुरोध गरेको छ ।***
https://www.facebook.com/arjun.khadka.7330763/videos/607547212732120/
https://www.facebook.com/kb.magar.902/videos/482810285251084/
https://www.facebook.com/710217899048363/videos/1054605377942945/

तपाईको प्रतिक्रिया