Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

photoटोकियो – टोकियोमा मनासुलु फेष्टिवल चलिरहेको छ ।  हिजो मे ६ देखि सुरु भएको फेष्टिवल आज ७ र भोलि ८ गरी तीन दिनसम्म चल्ने बताईएको छ ।

आज भन्दा ६० वर्ष पहिले मे ९ तारिखका दिन जापानका पर्वतारोही तोसिओ इमानिशी र ग्याल्जेन नोर्बूले पहिलो पटक मनासुलु हिमालको सफल आरोहण गरेका थिए ।

मनासुलु हिमाल सफल आरोहणको ६० औ बाषिर्कीको अवसरमा जापानको लोकप्रिय दैनिक पत्रिका माइनिची सिन्बुनले आयोजना गरेको उक्त कार्यक्रममा एनआरएन जापानको बिशेष सहकार्य रहेको छ ।
फेष्टिवलमा एभरेष्ट इन्टर्नेशनल स्कुलका बिद्यार्थीहरु लगायत अन्य कलाकारहरुले नेपाली सँस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरेका छन् ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाले यस प्रकारको कार्यक्रमले नेपाल र जापानबीचको सम्बन्धलाइ अझै प्रगाढ बनाउनुका साथै जापानी नागरिकहरुलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने बताउनुभएको छ ।  उक्त कार्यक्रममा नेपाली पोशाकमा पाल्नु हुन पनि अध्यक्ष थापाले जापानबासी नेपाली दाजुभाइ, दिदि बहिनीहरुलाई अपिल गर्नुभएको छ । फेष्टिवल टोकियोको जिम्बुचोमा बिहान १० बजेदेखि साँँझ ६ बजेसम्म  भईरहेको बताईएको छ । **

तपाईको प्रतिक्रिया